नवदुलही र रित्तो मन

0
10K

 आकांक्षाका भारी बोकेर मनभरि

सपनाको स्वर्णिम जीवन देखेर आँखाभरि
झर्न लागेका आँशुका बुँदहरूलाई,
लुकाएर आँखाभित्रै
रसिला आँखाले मुस्कुराएर
बिदा गरी
अरबको "लाहुरे" बन्न
जोस्सिएको उस्को नवदुलाहालाई ।

जीवनको रमाइलो यात्रा
अभाव विहीन जिन्दगी
त्यसमा फुल्ने मधुरम फूलहरू
उन्मुक्तताको  बतासमा उड्ने
स्वछन्द पलहरु
उसको नवदुलाहा फर्केर आएको दिन।

कल्पनामै सीमित रहे
वर्षै पिच्छे दोहोरिएका दिनरात
उषाका - किरण का पोलाईहरु
पूर्णेकाे रात को डसाईहरु।

मनसुनकाे वर्षाले पनि
नभिजेको तन लिएर
घुम्दैछे उही नवदुलही
अस्पताल अस्पतालका ढोका ढक्ढक्याउदै,
लाग्दै नलागेको  रोग बुझाउँदै
अतृप्त रित्तो मन लिएर।

उजाडिएको आफ्नो आँगन देख्दा
झस्कन्छे
विक्षिप्त उही नवदुलही
जिन्दगीको स्वर्णिम यात्रा
अभावमै पूर्ण थियो कि?
मरूभूमिमा फूल फुलाउने यात्रा
कठोर रैछ
निर्दयी रैछ !!
                      
From
वरदानका अनुभूति

विजया श्री 

Love
1
Sponsor
Zoeken
Sponsor
Categorieën
Read More
Education & Training
31st August 2024
11+ Mock Exam  Time Allowed: 2 hours 15 minutesInstructions: Read all instructions...
By 11+ Mock Test Exam 2024-08-31 09:44:39 0 6K
Political Leaders
भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा: Gagan Thapa
नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको...
By Nepal Updates 2023-05-17 06:04:47 0 10K
Education & Training
चमकी बुखार और लू को किस प्रकार हराया जाये
By Bharat Updates 2023-06-07 08:51:55 0 9K
Personal
आमा! नरेन्द्र मोदी द्वारा लिखित
आमा, यो शब्द मात्र होइन। यो जीवनको अनुभूति हो जसमा प्रेम, धैर्य, विश्वास, यति धेरै समावेश छ।...
By Yubaraj Sedai 2022-06-18 09:23:31 0 14K
News
Tragic Incident Involving Burst Balloon: Childhood Joy Turned Into Grief
In the enchanting town of Amroha, where the simple pleasure of playing with balloons often brings...
By dununu desk 2023-12-22 11:16:24 0 10K