नवदुलही र रित्तो मन

0
10χλμ.

 आकांक्षाका भारी बोकेर मनभरि

सपनाको स्वर्णिम जीवन देखेर आँखाभरि
झर्न लागेका आँशुका बुँदहरूलाई,
लुकाएर आँखाभित्रै
रसिला आँखाले मुस्कुराएर
बिदा गरी
अरबको "लाहुरे" बन्न
जोस्सिएको उस्को नवदुलाहालाई ।

जीवनको रमाइलो यात्रा
अभाव विहीन जिन्दगी
त्यसमा फुल्ने मधुरम फूलहरू
उन्मुक्तताको  बतासमा उड्ने
स्वछन्द पलहरु
उसको नवदुलाहा फर्केर आएको दिन।

कल्पनामै सीमित रहे
वर्षै पिच्छे दोहोरिएका दिनरात
उषाका - किरण का पोलाईहरु
पूर्णेकाे रात को डसाईहरु।

मनसुनकाे वर्षाले पनि
नभिजेको तन लिएर
घुम्दैछे उही नवदुलही
अस्पताल अस्पतालका ढोका ढक्ढक्याउदै,
लाग्दै नलागेको  रोग बुझाउँदै
अतृप्त रित्तो मन लिएर।

उजाडिएको आफ्नो आँगन देख्दा
झस्कन्छे
विक्षिप्त उही नवदुलही
जिन्दगीको स्वर्णिम यात्रा
अभावमै पूर्ण थियो कि?
मरूभूमिमा फूल फुलाउने यात्रा
कठोर रैछ
निर्दयी रैछ !!
                      
From
वरदानका अनुभूति

विजया श्री 

Love
1
Προωθημένο
Αναζήτηση
Προωθημένο
Κατηγορίες
Διαβάζω περισσότερα
News
Strengthening the Integrity of Public Examinations: The Public Examinations (Prevention of Unfair Means) Bill, 2024
In a significant move to address the escalating issue of cheating and unfair practices in public...
από Bharat Updates 2024-02-05 22:52:21 0 9χλμ.
Literature & Culture
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा धन बहादुर गुरुङ्गको सहनाई वादन
साउन १६ , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा  हरेक नेपाली महिनाको १५ गते हुने...
από Nepal Updates 2024-07-31 05:43:32 0 8χλμ.
Parenting
Pros and Cons of having sibling !
Having a sibling can be a unique and rewarding experience, but it can also come with its own set...
από Yubaraj Sedai 2023-03-06 21:42:30 0 11χλμ.
News
कांग्रेस बाहिर ढुक्क, भित्र अशान्त
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा प्रतिपक्षी एमालेमा खैलाबैला छ । अध्यक्ष केपी ओली...
από Nepal Updates 2023-05-25 15:18:58 0 12χλμ.
Sanatan Dharma
गोत्र प्रणाली: किन एकै गोत्रका केटा र केटीको विवाह निषेध गरिएको हो?
गोत्र भनेको के हो?गोत्र प्रणाली एउटा यस्तो प्रणाली हो जसले व्यक्तिलाई उसको पुरुष लिनेज (male...
από Yubaraj Sedai 2025-01-27 06:14:08 0 6χλμ.