नवदुलही र रित्तो मन

0
10K

 आकांक्षाका भारी बोकेर मनभरि

सपनाको स्वर्णिम जीवन देखेर आँखाभरि
झर्न लागेका आँशुका बुँदहरूलाई,
लुकाएर आँखाभित्रै
रसिला आँखाले मुस्कुराएर
बिदा गरी
अरबको "लाहुरे" बन्न
जोस्सिएको उस्को नवदुलाहालाई ।

जीवनको रमाइलो यात्रा
अभाव विहीन जिन्दगी
त्यसमा फुल्ने मधुरम फूलहरू
उन्मुक्तताको  बतासमा उड्ने
स्वछन्द पलहरु
उसको नवदुलाहा फर्केर आएको दिन।

कल्पनामै सीमित रहे
वर्षै पिच्छे दोहोरिएका दिनरात
उषाका - किरण का पोलाईहरु
पूर्णेकाे रात को डसाईहरु।

मनसुनकाे वर्षाले पनि
नभिजेको तन लिएर
घुम्दैछे उही नवदुलही
अस्पताल अस्पतालका ढोका ढक्ढक्याउदै,
लाग्दै नलागेको  रोग बुझाउँदै
अतृप्त रित्तो मन लिएर।

उजाडिएको आफ्नो आँगन देख्दा
झस्कन्छे
विक्षिप्त उही नवदुलही
जिन्दगीको स्वर्णिम यात्रा
अभावमै पूर्ण थियो कि?
मरूभूमिमा फूल फुलाउने यात्रा
कठोर रैछ
निर्दयी रैछ !!
                      
From
वरदानका अनुभूति

विजया श्री 

Love
1
Sponsored
Search
Sponsored
Categories
Read More
News
News from Nepal: September 26, 2024
1. Foreign Minister Rana Meets UN USG Lacroix Foreign Minister Dr. Arzu Rana Deuba met with...
By Nepal Updates 2024-09-26 05:08:14 0 6K
Poetry
चिन्तन श्रृङ्खला By Mohan Sitoula
चिन्तन श्रृङ्खला आसुरी, तामसी भाव विश्व्यापी भए पछिधर्मको नाममा सारा काटमार भए पछिसृष्टिको...
By Yubaraj Sedai 2023-12-17 07:42:10 0 10K
News
यसकारण रास्वपाले फिर्ता गर्‍यो सरकारलाई दिएको समर्थन
सत्ता गठबन्धनले सम्मानजनक हिसाब नगरेको, मन्त्रालय विस्तार गरेको लगायतका कारण देखाउँदै राष्ट्रिय...
By Nepal Updates 2023-05-05 15:16:36 0 9K
News
The Renaissance of Gurukul Tradition: A Beacon of Holistic Learning for the Future
The Renaissance of Gurukul Tradition: A Beacon of Holistic Learning for the Future In a world...
By Bharat Updates 2024-10-28 06:17:44 0 4K
Literature & Culture
Congratulations To Mohan Sitoula For Receiving Yugkavi Siddhicharan Shrestha National Award 2079
In this momentous juncture, We extend our heartfelt felicitations to the esteemed Mohan Sitoula,...
By Hamro Global 2023-07-14 12:26:59 0 12K