टोपबहादुरको लुक्ने शैली : भारतमा सहयोगी पक्राउ परेपछि यसरी टोपबहादुरसम्म पुग्न सफल भयो प्रहरी

0
11KB

प्रहरीलाई छक्क्याउन भारतमा सहयोगी पठाएको खुलासा

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।  वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याइएको छ । 

अर्घाखाँचीमा एउटा विद्यालयको हीरक जयन्ती मनाउन सभामुख देवराज घिमिरेसँगै पुगेका रायमाझी भैरहवा हुँदै काठमाडौँ फर्किने क्रममा एकाएक फरार भएका थिए ।
फरार भएपछि रायमाझी भारत भागेको आशङ्का गरिएको थियो । तर, उनी नेपालमै लुकेर बसेको पक्राउसँगै पुष्टि भएको छ । यतिसम्मकि प्रहरीलाई झुक्याउन रायमाझीले गज्जवको चलाखी अपनाएको पाइएको छ ।  खोजीमा संलग्न एक अधिकारीका अनुसार पक्राउ  पर्नबाट जोगिन रायमाझीले आफ्ना सबै सम्पर्क डिभाइसहरू बोकेर एक जना सहयोगीलाई भारत पठाएका थिए ।

सोही सम्पर्क डिभाइसमार्फत भारतबाट नेपालमा रहेका टोपबहादुरका आफन्तसँग सम्पर्क हुने गरेको खुलेको प्रहरीले जनाएको छ । 

‘रायमाझीलाई एक जनाले सघाउँदा रहेछन् । उनले यसरी प्रहरीलाई गुमराहमा राखे कि उनी भारत बस्ने र आफन्तसँग सम्पर्क गर्ने गरेको पाइयो । तर रायमाझी भने नेपालमै लुकेका थिए,’ ती अधिकारीले लोकान्तरसँगको  कुराकानीमा भने । 

प्रहरीले टोपबहादुरले भारत कसलाई पठाएका थिए भन्नेबारे चाहिँ केही खुलाएको छैन । तर, ती व्यक्तिलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएसँगै टोपबहादुर नेपालमै रहेको रहस्य खुलेको थियो ।  

‘हामीलाई पहिला त ती व्यक्ति खोज्न नै महाभारत भयो । तर विभिन्न प्राविधिक र प्रहरीको मानवीय स्रोत प्रयोग गरेर उनलाई खोज्न सकेका थियौँ,’, ती अधिकारीले भने, ‘उनीसम्म पुगेर रहस्य पत्ता लगाएसँगै टोपबहादुरलाई पनि पक्राउ गर्न सफल भइयो।’

 प्रहरीका अनुसार ११ दिनको बिचमा टोपबहादुर एकै ठाउँमा बसेनन् । उनी नेपालका विभिन्न ठाउँमा  बस्दै सर्दै बुढानीलकण्ठसम्म आएको पाइएको छ । 

प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई भने वैशाख २० गते नै भैरहवाबाट पक्राउ गरेको थियो । १९ गते पक्राउ पुर्जी जारी भएर खोजीको सूचीमा रहेका रायमाझीले पनि २० गते प्रहरीलाई फोन गरेर आफू  प्रहरीकहाँ उपस्थित हुने आउने जानकारी दिएको कुरा बाहिर आएको थियो । तर उनी त्यसपछि भाग्दै हिँडे ।

हाइप्रोफाइल जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा  पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले बलियो प्रमाणका आधारमा पक्राउ गरेको बताएको छ । खाँण र सचिव पाण्डेबीचको संवाद भएका प्रमाणहरू भेटिएका छन् । 

उनीहरूको मोबाइलमा भेटिएका प्रमाणका आधारमा अन्य आरोपितहरू पनि खुलेका छन् । यसैगरी  पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको साथमा भेटिएका ठोस प्रमाणका आधारमा धेरै व्यक्तिहरू तानिइरहेका छन् । 

यस प्रकरणमा पछिल्लो सममयमा तानिएका पात्र हुन्, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा । प्रहरीले उनलाई ठोस प्रमाणका आधारमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । यस्तै नेपाली काँग्रेसका पूर्व सांसद् आङ्टावा शेर्पा र इन्द्रजीत राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनीहरू अहिलेसम्म फरार छन् । 

संगठित अपराधमा अनुसन्धानको ६० दिनको हदम्याद सकिन केही समय बाँकी हुँदासमेत उनीहरू पक्राउ पर्न सकेका छैनन् ।  प्रहरीले अहिले टेकनारायण पाण्डे, बालकृष्ण खाँणको मोबाइलको अनुसन्धान गरेर उनीहरूसँग जोडिएका व्यक्तिहरूका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हालसम्म यो प्रकरणमा टोपबहादुरसहित १३ जना पक्राउ परिसकेका छन् । 

यसैबीच आइतबार जिल्ला अदालत काठमाडौंले यसअघि पक्राउ परेका १२ जना आरोपितलाई थप अनुसन्धानको लागि ४ दिनको अनुमति दिएको छ । 

प्रहरीका अनुसार अहिलेसम्म आरोपी विरुद्ध २० वटा जाहेरी परेको छ भने ५४ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । यस्तै पीडितहरूबाट उनीहरुले १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको बताइएको छ । 

Gesponsert
Search
Gesponsert
Nach Verein filtern
Read More
Astrology & Vedic Science
नक्षत्र, नक्षत्र मास, तथा सभी 27 नक्षत्रों के नाम व विशेषताएँ 
    1.  वैदिक ज्योतिष शास्त्र में ग्रह-नक्षत्रों की चाल का विशेष महत्व होता...
Von dununu desk 2024-05-22 05:22:04 0 10KB
Sanatan Dharma
आर्य समाज लंदन में सत्संग और भजन कार्यक्रम
3 जुलाई, लंदन - आर्य समाज लंदन में सत्संग और भजन कार्यक्रम का आयोजन किया गया। कार्यक्रम की...
Von Yubaraj Sedai 2022-07-04 06:20:17 0 14KB
Literature & Culture
THE ROARING POWER OF HANUMAN
  Sanatan Dharma voice is often called the “Lion’s Roar,” roaring...
Von Santosh Sedai 2023-05-23 11:14:31 0 12KB
Moral Stories
The Wise Cat, Greedy Monkey, Loyal Horse, Stubborn Goat, and Wise Parrot: Panchatantra Moral Stories
Panchatantra stories!        ...
Von Timeless Moral Stories 2024-10-05 05:05:59 0 5KB
News
Latest News: September 22, 2024
1. PM Oli Calls for Compensation from Carbon Emitting Countries Prime Minister KP Sharma Oli...
Von Nepal Updates 2024-09-22 06:23:41 0 7KB