खाँण पक्राउले कांग्रेस संस्थापनमा खल्लीबल्ली : देउवा हैन, आरजुसँग बिग्रिएको थियो सम्बन्ध

0
11K

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि सबै क्षेत्र तरंगित हुन पुगेको छ । 

प्रचण्ड नेतृत्वको सरकारको सबैभन्दा ठूलो साझेदार दल कांग्रेसका प्रभावशाली नेता गम्भीर ठगीमा पक्राउ परेपछि यस्तो तरंग स्वाभाविक हो । 

सत्तामा आफ्नो असीमित प्रभाव भएकै बेला देउवाका विश्वासपात्र नेता खाँण पक्राउ पर्नुले कांग्रेसभित्रका गुटमा मिश्रित प्रतिक्रिया देखिएको छ । 

बुधबार बोलाइएको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्न दबाब बढाएका थिए । तर सभापतिले महामन्त्रीद्वयको मागलाई बेवास्ता गरेको बताइन्छ । 

कांग्रेस नेताहरूका अनुसार देउवा आफैं अन्योल र दबाबमा छन् । शरणार्थी ठगी प्रकरणमा खाँणको पनि नाम विचौलियाले बयानका क्रममा लिएपछि शुरूमा यो प्रक्रिया केही दिन रोकियो । तर ,आफूले नाम लिएका नेतामाथि छानबिन नगर्ने हो भने ‘आत्मदाह’ गर्ने चेतावनी आए ।

केही अकाट्य प्रमाण भेटिए । यसैले कांग्रेस नेतृत्वले चाहेर पनि यो प्रकरणमा अनुसन्धान रोक्ने अवस्था बन्न सकेन । यतिमात्रै होइन, केही पीडित र विचौलियाले यो प्रकरणमा खाँणपत्नी मञ्जु र सभापति देउवापत्नी आरजु पनि संलग्न रहेको अप्रमाणित अडियो ल्याएपछि अर्को अन्योल थपिएको हो । यो अडियोविरुद्ध आरजुले वैज्ञानिक परीक्षण गर्न चुनौती नै दिएकी छिन् । यद्यपि देउवाको तनाव अझै कम नभएको बताइन्छ ।  

‘भ्रष्टाचारको सञ्जाल यति बढेको छ कि भ्रष्टाचार नगरेको मन्त्री भेट्न गाह्रो छ । खाँणजी र टोपबहादुर मात्रै हो कि लहरो माथिसम्मै छ भन्ने प्रश्न यतिखेर सर्वत्र उठेको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘अनियमितता र भ्रष्टाचार सम्बन्धमा प्रधानमन्त्री, मन्त्रिपरिषद् र मन्त्रीस्तीय निर्णय पनि भएका छन् । यसैले अनुसन्धानको क्रम माथिसम्मै आइपुग्न सक्छ भन्ने डर सबै दलका शीर्ष नेतामा देखिन्छ ।’ 

अन्यथा देशमा युद्ध नै हुन लागेजस्तो दुस्मनी सम्बन्ध भएका कांग्रेस, एमाले र माओवादीका नेताले एकपछि अर्को म्याराथन भेटघाट नगर्ने ती नेताको विश्लेषण छ ।


खाँणको सम्बन्ध देउवासँग बिग्रेको कि आरजुसँग ? 

खाँणपत्नीको अप्रमाणित अडियो आए पनि खाँणको विषयमा धेरै सूचना बाहिर ल्याइएको थिएन । नक्कली शरणार्थी बनाउने सम्बन्धमा खाँण गृहमन्त्री हुँदा गरिएका केही नीतिगत निर्णय मात्रै आएका थिए । तर, यतिकै आधारमा खाँण पक्राउ परिहाल्छन् भन्ने थिएन । यसबीचमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक भने दिनहुँ बस्दै आएको थियो । 

बुधबार बिहान खाँण पक्राउ परेपछि सभापति देउवासमेत अन्योलमा परेको कांग्रेसकै नेताहरूको बुझाइ छ । खाँणपत्नी मञ्जु र आफ्नै पत्नी आरजुलाई पैसा बुझाएको भनिएको अडियोले देउवा थप तनावमा छन् ।

कतिपयले देउवा र खाँणको सम्बन्ध बिग्रिएको थियो भनिरहेका छन् । तर, भेटघाट पातलिए पनि खटपट नै हुने र सुधार नै हुन नसक्ने गरी सम्बन्ध नबिग्रिएको कांग्रेसकै एक नेताको दाबी छ ।

‘बाहिर देउवा र खाँणको सम्बन्ध बिग्रियो भनेर चर्चा गर्ने पनि छन्, तर त्यस्तो होइन । आरजुको सम्बन्ध खाँणसँग बिग्रँदै गए पनि देउवासँग बिग्रेको हो भन्ने लाग्दैन,’ ती नेता भन्छन्, ‘१४ औं महाधिवेशनमा विना सम्झौता र स्वार्थ खाँणले देउवालाई सभापतिमा उठाउने निधो गरे, आफू पदाधिकारीमा उठ्ने इच्छासमेत जनाएनन् । केन्द्रीय सदस्यमै सीमित रहे । यसैले कुनै पद र पावरमा नभएका खाँणसँग देउवाको सम्बन्ध बिग्रिएको भन्न मिल्दैन ।’

निस्वार्थ सहयोग गर्दै गए एक दिन देउवाले आफूलाई नै उत्तराधिकारीको भारी बिसाउने छन् भन्ने विश्वासमा खाँण रहेको बताइन्छ । 

देउवा–खाँण सम्बन्धको चर्चा गर्दा आरजु पनि अर्को पाटो हुन् । यसअघि डडेल्धुरामा कर्ण मल्ल र रघुवीर भट्टबीचको अन्तरद्वन्द्वमा देउवा र आरजुको रोजाइ फरक–फरक हुँदै आएको थियो । अर्थात्, एउटै समूहमा बुढाबुढीको अलग–अलग उपगुट छ ।

आरजुले पनि देउवापछि यो समूहमा सर्वेसर्वा नेताको रूपमा स्थापित हुने आकांक्षा राख्दै आएकी छिन् ।

उमेरका कारण सक्रिय राजनीतिबाट देउवा किनारातिर पुग्दै गर्दा आरजु स्थापित हुने चक्करमा छिन् । यसैले देउवाले पूर्णबहादुर खड्का वा खाँण कसैलाई पनि भित्रीरूपमा विश्वास नगरुन् र समूहको उत्तराधिकारीको भारी नबिसाउन् भन्नेमा आरजु निरन्तर सचेत रहेको नेताहरू बताउँछन् । यसैले बरु सम्बन्ध बिगार्ने तर अरूलाई देउवासामु ढिम्किन नदिने मान्यता आरजुको रहेको बताइन्छ ।

झन् खरो स्वभावका पूर्णबहादुर र बालकृष्णलाई त आरजुले जहिले पनि शंकाको नजरले हेर्ने गरेको संस्थापन पक्षका एक नेताको भनाइ छ ।

‘अहिले एकजना फस्नुभयो, तर पूर्णबहादुर दाइ र बालकृष्ण दाइ देउवा समूहमा आफ्नो कुरा निर्धक्क भएर राख्ने नेता हुनुहुन्छ । यी दुवैजना गाली खाँदा पनि चुप लाग्ने डा. महत (प्रकाशशरण महत) जस्ता होइनन्,’ ती नेता भन्छन्, ‘त्यसैले  आफ्ना एस म्यानसँग नजिक हुने र खरो कुरा राख्नेसँग विस्तारै टाढाको सम्बन्ध राख्ने अभ्यास आरजुमा रहेको देखिन्छ ।’ 

गृहमन्त्री भएकै बेला खाँणले रुपन्देहीबाट ४ मंसिरको चुनाव हारे । यसमा खाँण पक्षले आरजुको हात रहेको भनी आरोप लगाउने गरेको छ । साथै १० पुसमा एमाले र माओवादीलाई मिल्न नदिन खाँणले प्रयत्न गरे पनि आरजु तयार नभएको बताइन्छ । 

‘खाँण खरो मिजासका नेता हुन् । १० पुसमा पनि समीकरण भत्काउन हुँदैन, प्रचण्डजीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । तर, यो कुरा आरजुलाई मन परेको थिएन किनकी आरजु कम्तीमा पहिलो चरणमा देउवालाई प्रधानमन्त्री बनाउन चाहन्थिन्,’ ती नेताले भने ।

त्यसअघि खाँण गृहमन्त्री हुँदा उनकी पत्नी मञ्जु हावी भएकी थिइन् । यो कुरा आरजुलाई मन नपरेको बताइन्छ । आफ्ना केही चासोलाई खाँणले पूरा नगरेपछि आरजु थप रिसाएको कांग्रेस स्रोतको दाबी छ । तर, देउवा र खाँणबीच भने यो स्तरमा सम्बन्ध नबिग्रिएको यी दुवैलाई चिन्नेहरू बताउँछन् । 

देउवालाई श्रीमती चलाख छ भन्ने थाहा भए पनि आफू राजनीतिक उत्तरार्धमा पुग्दा जानीबुझीकन उनलाई हावी हुन दिएको चर्चा कांग्रेसमा सुनिन्छ ।  

कांग्रेस सभापति देउवा
‘पछिल्ला केही वर्षयता सभापतिज्यूलाई नमस्कार मात्रै गर्न जाने हो । बाँकी सबै कुरा मिलाउने आरजु भाउजूले नै हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘आफू राजनीतिको उत्तरार्धतिर जाँदै गर्दा सभापतिले हावी हुन दिएर आरजुलाई स्थापित गराउन खोजेको यस्ता घटनाक्रमले पुष्टि गर्छन् ।’ देउवाले दिएको यही छुटलाई आरजुले अवसरमा बदलेको कांग्रेस नेताहरूको विश्लेषण छ ।

देउवाले आफूपछिको नेतृत्व विकासमा ध्यान दिएनन् । नेतृत्व विकासको क्रमलाई फुक्काफाल छाडेपछिको ‘भ्याकुम’मा आरजु हावी हुन पुगिन् । सांसद र केन्द्रीय सदस्यपछि अब उनको आँखा १५ औं महाधिवेशनबाट पदाधिकारीमा छ । यसकै लागि आरजुले राजनीतिक माहोल बनाउन आफ्नै गुटमा खेल्दै आएकी छिन् । 

‘उमेरमा ८० पुग्न लाग्दा सभापतिज्यूले विकल्पमा नेता तयार पार्नुपर्थ्यो, तर पार्नुभएन । न विमलेन्द्र निधिलाई विश्वास गर्नुभयो, न त अहिलेका उपसभापति पूर्णबहादुर खड्कामाथि नै पूरै विश्वास गरेको देखिन्छ,’ ती नेता थप्छन्, ‘आफूपछि डुमै राजा भन्नेमा सभापति लागेपछि उहाँकी बाठी श्रीमतीले खेल्ने कुरा स्वाभाविक नै हो ।’ 

खाँण जोडिएको विषय नेपालमै हुने भ्रष्टाचार मात्र भन्दा पनि शक्ति राष्ट्रसँगै जोडिएको छ । सोही कारण पनि देउवाले खाँणलाई पक्राउ गर्नबाट रोक्न नसकेको बताइन्छ । 

तर, अहिले खाँण भने आफूलाई नबचाएको भनेर देउवासँग रिसाएको उनी निकटहरू बताउँछन् । प्रारम्भिक बयानका क्रममा आरोपीहरूले आफूभन्दा माथिका विचौलियाले गृहमन्त्री र प्रधानमन्त्रीलाई पैसा बुझाउनुपर्ने बताएका थिए भन्दा खाँणले सरकारी वकिललाई ‘नोट इट’ भनेर देउवातिर लक्षित गरेका थिए । आफूलाई बचाउन अझै थप प्रयत्न नगरे देउवा र उनकी पत्नी आरजुलाई समेत तान्ने गरी बयान दिनेसम्म पनि खाँण पुग्न सक्ने देखिन्छ ।  

‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने विषय अरू भ्रष्टाचारजस्तो होइन । यसले नेपालको शाख गिराउने काम गरेको छ । शरणार्थी लगेका अमेरिका र युरोपियन देशको समेत सबाल हुन पुग्यो,’ कांग्रेसका एक नेता भन्छन्, ‘अपराध मात्रै भन्दा विदेशसम्मै तनाव हुने गरी अपराध भएपछि पार्टी वा नेता चाहेर पनि बचाउन सक्ने र बचाउने अवस्था नबनेको हुन सक्छ ।’

कांग्रेस सांसद रामहरि खतिवडा भने यस विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताउँछन् । 

‘एमालेका टोपबहादुर भाग्ने हाम्रो नेतामात्रै संलग्न भएको भनेर समात्ने भन्ने हुँदैन,’ खतिवडा भन्छन्, ‘हामी निष्पक्ष छानबिनको मागमा छौं । निर्दोष फस्ने र दोषी उम्किने हुनुहुँदैन ।’

Like
1
Patrocinados
Buscar
Patrocinados
Categorías
Read More
Jokes & Humour
Enjoy The Jokes That Makes You Laugh
1. The Bus Driver and the Nun A bus driver sees a nun waiting at the bus stop every morning. One...
By Jokes & Humour 2024-09-28 06:29:33 0 7K
Podcast & Audio Books
"Paka Kura" (Voice of Senior Citizens): Insights from Nepal's Living Heritage, Hiranyalal Shrestha!
Kathmandu, December 2, 2023 In a recent episode of "Metro FM 94.6's Paka Kura," the spotlight...
By Hamro Global 2023-12-02 09:27:47 0 13K
Parenting
Pros and Cons of having sibling !
Having a sibling can be a unique and rewarding experience, but it can also come with its own set...
By Yubaraj Sedai 2023-03-06 21:42:30 0 11K
Sanatan Dharma
Maharshi Panini
Maharshi Panini, also known as Panini, was an ancient Indian grammarian and linguist who is...
By Yubaraj Sedai 2023-06-06 08:32:35 0 10K
Sanatan Dharma
देशी गाय का महत्व
अज्ञात युगों से देसी मवेशी सनातन जीवन शैली का हिस्सा रहे हैं। इसने मानव जाति को खेतों में हल...
By Yubaraj Sedai 2023-05-06 07:46:49 0 10K