सचिव पाण्डेको मोबाइल रिकभर भएपछि खुल्यो खाणको कनेक्सन

0
10K

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो । उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन ।

प्रहरी स्रोतका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेका थिए ।

त्यसलाई प्रहरीले प्राविधिकहरुमार्फत रिकभर गरेको छ । उनको मोबाइलमा खाणसँगका संवादहरु भेटिएको प्रहरी स्रोत बताउँछ । त्यसमा लेनदेनका कुराहरु पनि गरिएको स्रोतको दाबी छ ।

सचिव पाण्डेले पनि आफ्नो बयानमा यो कुरा स्वीकारेका छन् । खाणले भने आफूमाथिको आरोप स्वीकार गरेका छैनन् ।

Patrocinados
Buscar
Patrocinados
Categorías
Read More
Spirituality
Spiritual Talk by Prof. EV Gireesh on Tools for Self-Empowerment at Gyan Sarovar | 19 April at 11 am
By Shiva Shakti 2024-04-19 08:12:13 1 7K
News
PM Modi at Pali Saansad Khel Mahakumbh
By Bharat Updates 2024-02-03 06:51:55 0 10K
News
Exit Poll Report: Indian Election 2024
Exit Poll 2024 Updates Exit polls predict huge win for BJP-led NDA powered by East & South...
By Bharat Updates 2024-06-02 06:10:18 0 8K
Personal
Journey Across New Horizons: A Tale of Exploration and Discovery
An Enchanting Journey Through Malaysia, Singapore, and Thailand As Vijaya Dashami of 2081...
By Kishor Sedai 2024-11-14 09:40:47 0 7K
Politics
मैले देखेको राजतन्त्र
म अझै पनि त्यो दिन सम्झिन्छु जब काठमाडौंका सडकहरू मानिसहरूले भरिएका थिए, सबै राजकीय जुलुसको एक...
By Anish Pokhrel 2025-04-22 11:49:58 0 4K