तार काटे महानगरमै इन्टरनेट 'ब्ल्याक आउट' हुन्छ- आइस्पान

0
12K

अव्यवस्थित तारहरूका कारण सहर कुरूप देखिनुका साथै दुर्घटना निम्त्याएको भन्दै काठमाडौं महानगरपालिकाले सम्बन्धित निकायहरूलाई तारको उचित व्यवस्थापन गर्न झक्झकाइरहेको छ।

वैशाख १२ गते महानगरले १५ दिने अल्टिमेटम दिँदै आगामी वैशाख २७ गतेसम्म तारको उचित व्यवस्थापन नभए वैशाख २८ गतेदेखि आफैं तार काटिदिने चेतावनी दिएको छ।

महानगरले टेलिफोन, इन्टरनेट तथा केबलका तारहरू अव्यवस्थित भएको बताएको छ। यी तारहरू काटिए महानगरको सबै सूचना प्रवाह समेत सेवा ठप्प हुने इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष खड्का बताउँछन्।

‘तार काटिए महानगरमै इन्टरनेट ब्ल्याक-आउट हुन्छ। महानगरसहित सिंहदरबारकै काममा समेत अवरूद्ध हुन्छ,’ उनले भने, ‘अहिले हरेक क्षेत्रमा इन्टरनेटको प्रयोग भएको पाइन्छ। यो अत्यावश्यक भइसक्यो।’

हुन पनि अहिले हरेक कार्यालयदेखि अस्पताल, विद्यालय, एयरपोर्ट र घरसम्मै इन्टरनेट नभई नहुने अवस्था सिर्जना भइसकेको छ। देश-विदेशमा भइरहेको जानकारी लिन होस् वा हवाईको टिकट काट्न समेत इन्टरनेटमा निर्भर छौं। बैंकदेखि अस्पतालको बिलिङको लागि इन्टरनेट नभई हुँदैन। शिक्षा, स्वास्थ, यातायात, पूर्वाधारदेखि राज्यस्तरका कामहरूमा इन्टरनेट आवश्यक छ।

यस्तो अवस्थामा तार काटिनु भनेको इन्टरनेट सेवा अवरूद्ध हुनु हो। इन्टरनेट अवरूद्ध हुँदा साना-ठूला हरेक क्षेत्रमा समस्या परेको घटनाहरू थुप्रै छन्। त्यसैले सही गृहकार्यबिना तार काट्ने काम अघि बढाउनु कतिको उचित भन्ने कुरालाई महानगरले ध्यान दिन जरूरी छ।

भोलिका दिनमा आफूले लिएको निर्णयले सेवाग्राहीलाई ठूलो समस्यामा पार्छ कि पार्दैन भनेर महानगरले पुनः विचार गर्न अत्यावश्यक छ। आइस्पानका सिइओ खड्काका अनुसार तार काटिए सेवाग्राहीहरूलाई इन्टरनेट सेवा प्रवाह गर्न अन्य कुनै विकल्प छैन।

‘हामीसँग तत्काललाई पोलबाट तार तानेर सेवा दिनुबाहेक अन्य विकल्प छैन। तार भूमिगत गर्न आवश्यक पूर्वाधार छैन,’ उनले भने, ‘त्यसैले तार काट्नु कतिको व्यावहारिक भन्नेबारे पनि बिचार पुर्‍याउन जरूरी छ। यहाँ महानगरका तार काटिँदा अन्य क्षेत्रमा समेत असर पर्छ।’

Ncell
उनका अनुसार जगल्टिएर बसेका तारहरूको व्यवस्थापनका लागि दीर्घकालिन योजना अनुरूप काम गर्न आवश्यक छ। जसका लागि उनीहरूले चार वर्ष अघिदेखि ‘पूर्वाधार कम्पनी’को आवश्यकता रहेको बताउँदै सरकारलाई ढकडकाइरहेको छ।

सेवा प्रदानको लागि आवश्यक पूर्वाधारहरू एउटै भए विभिन्न निकायका तारहरूलाई व्यवस्थित गर्न सहज हुन्छ। यसैको लागि पूर्वाधार कम्पनीको आवश्यकता रहेको उनी बताउँछन्।

दीर्घकालिन रूपमा तार व्यवस्थापन हुन समय लाग्ने भएपछि उनीहरूले अल्पकालिन योजनाअनुरूप तार व्यवस्थापन काम गर्दैछन्। जस अनुसार उनीहरूले विभिन्न ठाउँ (जस्तैः सिंहदरबार, ठमेल क्षेत्र)मा पाइलटिङ गरी तारको व्यवस्थापन गरेका छन्।

‘प्रयोगमा नआएका तारहरू हटाएर, भएका तारहरूको व्यवस्थापन गरी हेर्यौं। जसमा हामी सफल पनि भयौं,’ सिइओ खड्काले भने, ‘त्यसैले काम नभएको भन्न मिल्दैन। २० औं वर्षदेखि थुप्रिएर बसेका तारहरूको व्यवस्थापनमा समय लाग्छ। हामी गर्दै पनि छौं।’

अल्पकालिन योजनाअनुसार काम गरिरहेकै समय महानगरबाट समयमा तार व्यवस्थापन नभए काटिदिने सूचना आएको उनी बताउँछन्।

‘आफ्नो तर्फबाट सक्ने कामहरू गरिरहेकै बेला महानगरबाट पनि सूचना जारी भयो। यसपछि हाम्रै पहलमा दूरसञ्चार प्राधिकरणसहितको सहभागितामा महानगरका सम्बन्धित पूर्वाधार विभागसँग छलफल गरिरहेका छौं,’ उनले भने।

उनका अनुसार यिनै पक्षबीच सम्भवत आउँदो आइतबार पुनः छलफलको लागि समय मिलाइएको छ। उनी महानगरले आफूहरूले गरिरहेको काम बुझेर तार काटिहाल्ने निश्कर्षमा नपुग्ने तर समन्वय गर्नेमा आशावादी छन्।

सिइओ खड्काका अनुसार अहिले पोलहरूमा इन्टरनेट सेवा प्रदायकहरूको मात्रै नभई विभिन्न सुरक्षा एवम् सरोकार निकायहरूको पनि तार छन्। यस्तो अवस्थामा उनीहरूले आफ्नो तारको पहिचान गरी, त्यसलाई बन्डलिङ गरी व्यवस्थापनको लागि अघि बढाउने योजना बनेको छ। सोही योजनाअनुसार आइस्पानले काम गरिरहेको हो।

आफूहरूले गरिरहेको कामको प्रवित्तिबारे बुझाउँदै पूर्वाधार कम्पनी स्थापना भए काम सहज तरिकाले अघि बढ्नेबारे महानगरपालिकाका मेयर बालेन शाहलाई केही समय अघि नै निवेदन समेत बुझाएको सिइओ खड्का बताउँछन्।

यद्यपि महानगरको सूचनापछि आफूहरू निरन्तर सम्बन्धित विभागसँग सम्पर्कमा रही छलफल भइरहेको उनले बताए।

महानगरका अनुसार सम्बन्धित निकायसँग पटक-पटक समन्वय गर्न खोज्दा समेत काम अगाडि नबढेका कारण तार काट्नुपर्ने चेतावनी दिनुपरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणका उप-निर्देशक एवम् सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार महानगरपालिकासँग छलफल भई तार व्यवस्थापन कार्य अघि बढाउने प्रयास धेरै पटक भएको हो। तर भनेजस्तो सहज वातावरण सिर्जना नहुँदा काममा केही ढिलाई आएको हो।

‘हाम्रो योजना पनि तारलाई व्यवस्थापन गर्ने नै हो। महानगरले पन्ध्र दिनको अल्टिमेटम दिएको छ। तर तार व्यवस्थापनको काम यति सहजै र छोटो समयमै हुने काम होइन,’ उनले भने।

उनका अनुसार काठमाडौंको विभिन्न स्थानमा रूट तय गरेर मात्रै तार व्यवस्थापन सम्भव छ। र, यसको लागि पहिलो चरणको छलफल समेत भइसकेको छ। केही दिन अघि मात्रै प्राधिकरण र आइस्पानबीच छलफल भएको थियो।

आइस्पानका कोषाध्यक्ष पुस्कर सिंह बादलका अनुसार तार व्यवस्थापनको लागि काठमाडौंमा १० रूट तयार पारिँदैछ। कुन क्षेत्र कुन रूटमा पर्ने र त्यहाँ कहिलेदेखि काम हुने भन्नेबारे आउँदो आइतबार टुंगो लाग्नेछ।

यसबाहेक उनी महानगरपालिकाले लिएको निर्णयले अस्थायी रूपमा मात्रै काम गर्न खोजेको देखिने बताउँछन्।

‘तार व्यवस्थापनको काम धेरै समय अघिदेखि हामीले गर्दै आएकै छौं। यो लामो समयदेखि थुप्रेर बसेको डम्पिङ सफा गरेजस्तै हो। भन्नेबित्तिकै हुँदैन। समय लाग्छ,’ उनले भने, ‘महानगरपालिकाले सबै तार हटाएर सहर सुन्दर देखाउन खोजेको हो भने त्यो अस्थायी काम हुन्छ। केही समय सफा देखिए पनि ६ महिनादेखि एक वर्षमा उस्तै हुने सम्भावन बढी छ।’

उनका अनुसार तार व्यवस्थापनको काम स्थायी रूपमा हुन जरूरी छ। यसको लागि पर्याप्त नीति भने नभएको उनीको गुनासो छ। भएका नीति समेत कार्यान्वयनमा नआउँदा अहिले समस्या देखिएको उनको जिकिर छ।

घरदेखि कार्यालय, बैंक, अस्पताल लगायत सबै क्षेत्रमा अहिले इन्टरनेट आवश्यक पर्ने भएकोले यसरी तार काट्ने निर्णयले समस्या पर्ने आइस्पानले बताउँदै आइरहेको छ।

प्राधिकरणले २०६९ सालमा ‘अप्टिकल फाइबर नेटवर्क बिछ्याउने र मर्मत गर्नका लागि निर्देशनहरू’ जारी गरेको थियो। यो निर्देशनले तारहरू कसरी जोड्ने भनेर सामान्य प्रक्रिया उल्लेख गरेपनि यसको लागि नियमावली नै बनाइएको छ। तर सो ‘पूर्वाधार नियमावली’ दुई वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै अड्केर बसेको प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल बताउँछन्।

Sponsored
Search
Sponsored
Categories
Read More
Other
इस मां के संघर्ष को मेरा प्रणाम। 🙏
फीफा वर्ल्ड कप U17 में आज झारखंड की 7 महिला खिलाड़ियों का चयन हुआ है। उसी में से एक अनिता कुमारी...
By Yubaraj Sedai 2022-04-25 11:49:15 0 11K
Politics
अल्पसंख्यकों को सशक्त बनाना: मोदी की नीतियों पर एजेंडा-संचालित दृष्टिकोण का विमोचन
परिचय: पश्चिमी मीडिया अक्सर भारतीय प्रधान मंत्री नरेंद्र मोदी को अल्पसंख्यक विरोधी के रूप में...
By Bharat Updates 2023-05-26 09:27:25 0 13K
News
20 News Headlines - September 30, 2024
Top 20 News Headlines from Nepal - September 30, 2024 1. Flood Death Toll in Nepal Reaches 193...
By Nepal Updates 2024-09-30 06:01:15 0 6K
Sanatan Dharma
33 करोड़ देवता नहीं, बल्कि 33 कोटि देवता
सनातन धर्म में '33 करोड़ देवता' का उल्लेख एक आम धारणा है, लेकिन यह एक गलतफहमी है जो वैदिक संस्कृत...
By Yubaraj Sedai 2024-05-21 05:24:50 0 7K
Politics
Psephological Survey Predicts Game-Changing Shift for BJP in Tamil Nadu
I am thrilled to present to you the groundbreaking findings of my Psephological Survey, which...
By Bharat Updates 2024-02-07 05:57:45 0 11K