क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको घोषणा

0
12KB

काठमाडौं। सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही बैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललाई जनही रु तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यसैगरी बैठकले  कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापित भएकाहरुका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरिएको छ ।

Gesponsert
Search
Gesponsert
Nach Verein filtern
Read More
Sanatan Dharma
सवाल पर विचार: क्या पीएम नरेंद्र मोदी ने तुष्टीकरण की राजनीति शुरू की है?
परिचय: हाल के दिनों में, भारत में कुछ दलों द्वारा इस धारणा का प्रचार करके जनता को भ्रमित करने का...
Von Bharat Updates 2023-05-28 05:38:45 0 11KB
News
एमाले सांसद टोपबहादुर काठमाडौंबाटै पक्राउ
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको...
Von Nepal Updates 2023-05-14 15:26:08 0 12KB
Sanatan Dharma
देशी गाय का महत्व
अज्ञात युगों से देसी मवेशी सनातन जीवन शैली का हिस्सा रहे हैं। इसने मानव जाति को खेतों में हल...
Von Yubaraj Sedai 2023-05-06 07:46:49 0 10KB
Education & Training
Question Leak Issues in Indian Examinations
प्रश्न पत्र लीक की समस्याओं को हल करने के लिए भारतीय सरकार को सलाह परिचय प्रश्न पत्र लीक...
Von Bharat Updates 2024-06-20 05:44:05 0 6KB
Sanatan Dharma
Navaratri Shubhakama!
Navaratri: Embracing the Power Of Devis The first day of Navaratri, also known as Pratipada,...
Von dununu desk 2024-10-03 05:39:55 0 7KB