'चीनले नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको छ'

0
16KB

पोखरा।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताउनु भएको छ।
आइतबार पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको 'नेपालप्रति चिनियाँ अभ्यास र असर' विषयक विचार-गोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे ।

उनले भने,'कहिले चीनका लागि नेपाली राजदूतको ओहोदाको प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।'

उनले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने दोहर्‍याए । त्यस्तै गोष्ठीमा सहभागी पूर्वमन्त्री मेखलाल श्रेष्ठले नेपाललाई श्रीलङ्का बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए।

उनले भने,'चीनले नेपाललाई श्रीलङ्का बनाउनु खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।'

त्यसैगरी समाजसेवी आनन्द राज मुलमीले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाए। उनले भने,'चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।'

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले पछिल्लो समय नेपालको भूभाग पनि मिचेको समाचार पत्र पत्रिकामा पढिरहेको बताए । उनले चिनियाँ नागरिक नेपालमा अवैध काम गर्ने बढ्दा देशको सुरक्षा नै खतरामा परेको बताए।

कार्यक्रमको सहजीकरण समाजसेवी एवं नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति बुद्धि रानाले गरेका थिए। हिन्दु स्वयमसेवक सङ्घका व्यवस्था प्रमुख अनिल गुप्ता तथा हरिहरनाथ मुक्तिनाथ यात्राका प्रभारी अनुप कुमार अतिथिको रूपमा उपस्थित रहेका थिए ।

Commandité
Rechercher
Commandité
Catégories
Lire la suite
Politics
Glorious Bharat or Broken India?
In observing the recent political developments, it is becoming increasingly clear that the...
Par Bharat Updates 2024-07-28 07:28:48 0 7KB
Literature & Culture
"Paka Kura" on Metro FM 94.6 MHz: A Insightful Journey with Dr. Surendra K.C.
Introduction:In the vibrant airwaves of Metro FM 94.6 MHz, the program "Paka Kurama" unfolds a...
Par Nepal Updates 2023-12-23 14:57:07 0 11KB
News
Congratulations to the Renowned Journalists of Nepal
Hearty congratulations are extended to Akhil Sitoula from Hamrakura.com and many other...
Par Nepal Updates 2024-09-23 06:19:29 0 5KB
Sanatan Dharma
प्रश्न = क्या यह सच है कि भगवान की मर्जी के बिना कुछ भी नहीं होता है ?
क्या हम झूठ ईश्वर की मर्जी से बोलते हैं ? चोरी ईश्वर की मर्जी से करते हैं ? आसुरी वृत्ति के लोग...
Par Yubaraj Sedai 2022-06-17 19:29:11 0 11KB
News
Shocking Revelation in Karnataka Budget Allocation!
 Are Hindu Offerings Diverted for Minority Development? Funds allocated for the development...
Par Bharat Updates 2024-02-17 09:03:01 0 9KB