A Message of Eternal Love from Ancestors to Descendants and the Call for a Divine Era of Transformation

1
7كيلو بايت

विश्वमा रहनुहुने सम्पूर्ण नेपाली भाषी मिडियाकर्मीहरूको लागि:

विक्रम सम्बत् २०८१ मङ्सिर ३ साल तदनुसार इस्वी सम्वत् २०२४ नोभेम्बर १८।
आजभन्दा विक्रम सम्बत् ११८ वर्षपछाडि जेष्ठ ३१ पछि जन्मनुहुने विश्वका हरेक कुनामा रहने सबै नेपाली मूलका नेपाली भाषीलाई सम्बोधन गर्दै, सम्झँदै म यो विशेष पत्रमार्फत् विशेष सन्देश अभिलेख गर्दैछु।
त्यो समयसम्म विज्ञानले कुनै चमत्कार नगरे सम्भवतः आजकाे दिनसम्म पृथ्वीलोकमा जन्मेका हामी सबै मानव यस शरीरमा जीवित रहनेछैनाैँ।

हाम्रा प्रिय सन्तानहरू,
म तपाईंहरूको करोडौँ गौरवशाली पुर्खाहरूमध्ये एक हुँ भन्न पाउँदा गौरवान्वित छु। त्यसमाथि पनि हाम्रो पवित्र पुण्यभूमि नेपालमा जन्मेको हुँ भन्न पाउँदा यस जुनीकाे मेरो मानव जीवन सार्थक भएको छ।
तपाईंहरूका लागि म एउटा युग परिवर्तनको याे कथा लिएर उपस्थित भएको छु। यो कथा यो इतिहास हाम्रो कालखण्डमा एउटै मात्रै रहनेछ। यो कथा एउटा नारीको, एउटा सृष्टिको, एउटा पम्फाको फूलको अनि प्रेमको उत्पत्तिको हो।
यो कथा एक नारीले बिताएको युगको हो, यो कथा एउटी आमाको हराएको सन्तानको हाे। यो एउटी आमाले आफ्नो सन्तानप्रति गर्ने ममताको कथा हो, यो कथा आउनेवाला युगको हो।

आज विक्रम सम्वत २०८१ मङ्सिर ३ साल तदनुसार इस्वी सम्बत् २०२४ नोभेम्बर १८, मनमाया सिटौला अत्यन्तै प्रसन्न छिन्। आजभन्दा ९४ वर्षअगाडि उनी नेपाल अधिराज्यको ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा यो शरीर लिएर मानव चाेलामा अवतरण भएकी हुन्।
आज उनको बिहानी उनको गीतसँगै उनको कान्छो छोराको नृत्यबाट सुरु भयो Facebook Messenger भिडियो कलमा। पहेँलो गालामा चुक्क भन्दै उनले गीतअघि र गीतपछि संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डीसीमा रहेकाे उनको छोरालाई नेपाल अधिराज्यको राजधानी काठमाडौँबाट चुम्बन गरिन्।
उनकी नातिनी कृपासँग खुशीले गद्गद् हुँदै दालभात तरकारी मज्जाले खानु है, दरो बन्नु, सबैलाई माया गर्नु, राम्रो पढ्नु अनि फोन गर्दै गर्नु है भनेर गालामा चुक्क भन्दै बिदा भइन्।

आज उनी धेरै कुरा सम्झिन्नन् तर फोनमा कुरा गर्नेबित्तिकै वा भिडियोमा आउनेबित्तिकै सबैलाई गालामा चुक्क गर्न आतुर हुन्छिन्। अनि दिलैबाट प्रकृति, हावा, आकाशले सुन्ने गरी हाँसिरहन्छिन्। प्रेमको प्रवाह छोडिरहन्छिन्।
आज उनले अतीतका धेरै घटना नसम्झे पनि उनका सबै कथा, उनले बिताएकाे सिङ्गो युगको कथा हामीलाई सम्झनास्वरुप उपहार दिएकी छन्। यस अर्थमा उनका स‌ंस्मरणहरू अब हामी र हाम्रा भविष्यका सन्तानहरूसँग सुरक्षित छन्।

उनले आफूले गर्भमा सुरक्षित र प्रेमपूर्वक हुर्काएर जन्म दिएर १४ वर्ष लामो वात्सल्य प्रेमले नुहाएर हुर्काएको सन्तान गुमाएपछि उनकै प्रार्थना, आराधना, पुकार, इच्छानुरुप उनकै कोखबाट जन्मिएको एक अर्को जिज्ञासु बालक हुँ म।

प्रिय ज्ञानी सन्तानहरू,
तपाईँहरूलाई हामी एउटा विशेष ज्ञान, सन्देश, प्रेम र उपहार केही कर्म छोडेर तपाईँहरूमाथि पूरा भरोसासहित जाँदैछौँ। तपाईँहरू मानव सृष्टिको पहिलो भाग्यमानी जाति बन्दै हुनुहुन्छ।
तपाईँहरूका पुर्खाले समयको यो अत्यन्तै संवेदनशील क्षणमा गरेको आह्वानलाई कर्म सम्झेर धर्म गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वास राख्दैछौं।
हाम्रो यस आह्वानले तपाईंका सन्तान जो हामी सबैका सन्तान हुनेछन्, उनीहरू संसारकै सबैभन्दा शान्त, खुशी, चेतनशील, समृद्धशाली, शक्तिशाली, ज्ञानी, ध्यानी र उत्कृष्ट जातिका रूपमा स्थापित हुनेछन्। यो तपाईं हाम्रो निरन्तर एक शताब्दीको योग र प्रकृतिको बलले मात्रै सम्भव हुनेछ।

हे पराक्रमी सन्ततिहरू,
तपाईँहरूका पुर्खाका रूपमा हामी यतिखेर अत्यन्तै तीब्र परिवर्तनकारी युगमा छौँ, समयको अर्कै कालखण्डमा छौँ।
हामी बाँचिरहेकाे याे युग जसलाई हामी कलियुग, अँध्यारो युग भनिरहेका छाैँ, हामी सबै मिलेर यस युगलाई अर्को उज्यालो र चेतनाको युगमा रूपान्तरण गर्ने अभियानमा जुटेका छाैँ।
हामी यसमा कत्ति पनि चिन्तित छैनौँ तर पूर्ण-परिवर्तनको अपेक्षा गर्नु एक विशाल चुनौती हो। यसका लागि साहस, संयम, एकबद्धता, योग, ध्यान, ज्ञान र आध्यात्मिक शक्तिको जागरणको संयोजनबाट विश्वासको जगलाई जन्माउनु अत्यन्तै जरुरी छ।

हे गौरवशाली सन्तानहरू,
कलियुगलाई रूपान्तरण गर्न मेरा पुर्खाहरूले साहस, योगदान, समर्पण, बलिदान गरेका थिए भनेर ऐना अगाडि गएर आफैँले आफैँलाई सलाम गर्नु।
"मेरा पुर्खाजस्तै म पनि छु" भन्दै अनि "मेरो जीवनमा आइपर्ने जस्तो पनि परिस्थितिलाई ग्रहण गर्दै मेरो अन्तरशक्तिबाट यसलाई समाधान गर्न सक्छु" भन्ने हिम्मत राख्दै "म धैर्य र अति-सहनशील छु" भन्ने पूर्ण विश्वास राख्नु।

मेरी माताश्री जन्मिनुभएको आजकै शुभ दिनमा,
आजभन्दा ३६५ दिन अगाडि मैले "विश्वप्रेम यात्रा"को 'मानव एक परिवार' भन्दै प्रारम्भिक योजना सार्वजनिक गरेको थिएँ।
आजैबाट उक्त यात्रालाई निरन्तरताका साथ अगाडि बढाउँदै छु। म यस यात्राका क्रममा संसारभरिका प्रेमी मानवजनबाट प्रेमसम्बन्धी १० लाखवटा कविता लेखाएर त्यसकाे ज्ञान बटुल्दै विश्वको सबैभन्दा ठूलो पुस्तक निकाल्ने अभियानमा अगाडि बढेकाे छु।

यो महापरिवर्तन र युग रूपान्तरणसम्बन्धी योजनाकाे विस्तृत जानकारी बिहिबार पौष ११ तदनुसार डिसेम्बर २६ २०२४ को मध्यरात हुनु अगाडि उपलब्ध गराइनेछ।
तपाईंका पुर्खाहरूलाई त्यो समयसम्म धैर्यवान भइदिनुहुन, कुनै प्रतिक्रिया अहिले नै नदिनुहुन विनम्र अनुरोध छ।
तपाईँहरूलाई सदा प्रेम, शक्ति र आशीर्वाद।

إعلان مُمول
البحث
إعلان مُمول
الأقسام
إقرأ المزيد
Politics
Atiq Ahmed: Former Indian politician
12 fertile acres of land were taken away, then the husband was made to disappear, the son was...
بواسطة Bharat Updates 2023-06-06 08:28:33 0 13كيلو بايت
War & History
Diwan Todar Mal's Sacrifice: The Story Behind the Most Expensive Land Deal in the World
Have you ever wondered where the most expensive land deal in the world took place? London, Paris,...
بواسطة Yubaraj Sedai 2023-04-14 17:20:22 0 12كيلو بايت
Literature & Culture
"Paka Kura" on Metro FM 94.6 MHz: A Insightful Journey with Dr. Surendra K.C.
Introduction:In the vibrant airwaves of Metro FM 94.6 MHz, the program "Paka Kurama" unfolds a...
بواسطة Nepal Updates 2023-12-23 14:57:07 0 11كيلو بايت
Sanatan Dharma
Deepawali and Laxmi Puja: Celebrating the Divine Marriage of Goddess Laxmi and Lord Vishnu
Introduction Deepawali, known as Tihar in Nepal, is a festival of wealth, prosperity, love, and...
بواسطة Bharat Updates 2024-10-31 07:30:44 0 7كيلو بايت
Dance & Music
Birthday Celebration Of Hajur Muwa on her 94th, Song and Dance Collection
It was an extraordinary event, a moment so remarkable that its memory will linger in our hearts...
بواسطة Yubaraj Sedai 2023-11-20 19:39:43 0 11كيلو بايت