एक चिन्तन

1
10Кб

आसुरी, तामसी भाव विश्व्यापी भए पछि

धर्मको नाममा सारा काटमार भए पछि

सृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछि

ज्ञान-विज्ञान आफैमा विपरित भए पछि

परास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !

ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ?

 

युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमा

कखरा युगका नव्य बर्णमाला नयाँनयाँ

देखाएर , चिनाएर सत्यधर्म सनातन

मान्छे आफैं अहं ब्रह्म शान्त, शालीन, उत्तम

करुणा, प्रेम, सद्भाव बहाउँछ जहाँतहाँ

मानवी ईशको तत्व भित्र हुन्छ जनार्दन ।

 

कल्पना स्वस्थ जप्दै र प्रतिभा तीब्र लाउँदै

समष्टि सृष्टिको भित्र व्यष्टिको तत्व पाउँदै

परमाणु छ चम्केको, ‘क्वान्टम’ भन्दछन् यिनी

  म्कार बीज छुट्याई अथवा ऐक्य हेरूँ म 

नाद निनाद वा श्वास, प्रश्वास, दिल धड्कन

आलोकप्रतिको चेत, चेतनाको प्रकाशमा

 

कति गम्भीर नै छू म ? भित्र भित्रै उदाउन !

आँखा चिम्लिएको अन्ध—प्रकाश भित्र हेरूँ म

भौतिकी यन्त्र भित्रैमा देखी, छामी, विचारूँ म

अध्यात्म ज्योति बालेर सम्वेदनात्म बालूँ त्यो

मानवी दिव्यता भित्र झल्किने भाव ईश हो !

Спонсоры
Поиск
Спонсоры
Категории
Больше
Sanatan Dharma
Guru Purnima: A Journey of Reverence and Wisdom
Guru Purnima: A Journey of Reverence and Wisdom Guru Purnima, also known as Vyasa Purnima, is a...
От Yubaraj Sedai 2023-07-03 09:54:58 0 13Кб
News
भारतीय सरसफाइ कर्मचारीकी छोरी यूएनएचआरसीमा, दलितको उत्थान गरेकोमा देशको प्रशंसा
जेनेभा। सरकारी छात्रवृत्तिमा स्विट्जरल्याण्डमा पिएचडी गरिरहेकी भारतको इन्दोर सहरकी एक सरसफाइ...
От Nepal Updates 2023-04-29 01:52:51 0 10Кб
News
अमरेशले कपडा खोलेपछि हर्कले खोले मुख
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले हिजो सदनमा अमरेश कुमार सिंहले गरेको...
От Nepal Updates 2023-05-09 05:19:41 0 12Кб
News
#BindasBol : नाबालिग सिखों का लिंचिंग जिहाद, दर्दनाक हत्या पर मौन क्यों?
От Bharat Updates 2023-06-10 06:30:43 0 13Кб
News
काठमाडौंमा प्रधानमन्त्री मोदीका भाइको चारदिने गोप्य मन्त्रणा
काठमाडौं । पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैं भयो विश्व हिन्दु महासंघ भारत च्याप्टरका...
От Nepal Updates 2023-05-16 16:08:49 0 11Кб