चिन्तन श्रृङ्खला By Mohan Sitoula

0
10KB

चिन्तन श्रृङ्खला

आसुरी, तामसी भाव विश्व्यापी भए पछि
धर्मको नाममा सारा काटमार भए पछि
सृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछि
ज्ञान-विज्ञान आफैमा विपरित भए पछि
परास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !
ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ?
 
युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमा
कखरा युगका नव्य बर्णमाला नयाँनयाँ
देखाएर , चिनाएर सत्यधर्म सनातन
मान्छे आफैं अहं ब्रह्म शान्त, शालीन, उत्तम
करुणा, प्रेम, सद्भाव बहाउँछ जहाँतहाँ
मानवी ईशको तत्व भित्र हुन्छ जनार्दन ।
 
कल्पना स्वस्थ जप्दै र प्रतिभा तीब्र लाउँदै
समष्टि सृष्टिको भित्र व्यष्टिको तत्व पाउँदै
परमाणु छ चम्केको, ‘क्वान्टम’ भन्दछन् यिनी
 ॐम्कार बीज छुट्याई अथवा ऐक्य हेरूँ म   
नाद निनाद वा श्वास, प्रश्वास, दिल धड्कन
आलोकप्रतिको चेत, चेतनाको प्रकाशमा
 
कति गम्भीर नै छू म ? भित्र भित्रै उदाउन !
आँखा चिम्लिएको अन्ध—प्रकाश भित्र हेरूँ म
भौतिकी यन्त्र भित्रैमा देखी, छामी, विचारूँ म
अध्यात्म ज्योति बालेर सम्वेदनात्म बालूँ त्यो
मानवी दिव्यता भित्र झल्किने भाव ईश हो !

Mohan Sitoula

Commandité
Rechercher
Commandité
Catégories
Lire la suite
War & History
The Largest Harappan Site Reshaping History
Introduction Situated across 350 acres in the Ghaggar plain, Rakhigarhi stands as the largest...
Par Bharat Updates 2023-12-28 07:51:00 0 10KB
Literature & Culture
देशविदेशका २०१ जनालाई नइ कीर्ति रत्न
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण  नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१...
Par Nepal Updates 2023-05-14 08:15:24 4 11KB
News
कांग्रेस कहाँ सच्चिने, कसरी सच्चिने ?
आधुनिक पुस्ता आफ्नो भविष्यप्रति अत्यन्त संवेदनशील मात्र होइन चिन्तित पनि हुन्छ्न् । सन् १९९०...
Par Nepal Updates 2023-05-06 03:36:36 0 12KB
Sanatan Dharma
Summary of Manusmriti
The concept of a "samvidhan" or constitution in ancient Bharat (India) is often traced back...
Par Bharat Updates 2024-05-24 05:10:20 0 8KB
Sanatan Dharma
सूर्य देवताका यी मन्त्रहरूको जप गर्नाले मंचाहे  वरदान प्राप्त हुन्छ।
सूर्य देवताका यी मन्त्रहरूको जप गर्नाले मंचाहे  वरदान प्राप्त हुन्छ। हिन्दु धर्ममा सूर्यको...
Par Yubaraj Sedai 2022-04-25 10:11:09 0 11KB