असमेली गोर्खा समाजमा विद्युतिय मिडियाको खाँचो र वर्तमान पोर्टल मिडियाहरुको भूमिका

0
13KB

समस्या कुन जातिको हुँदैन र समस्याको हल कुन जातिले निकाल्दैन । कोही न कोही बेला प्रत्येक जाति समुदायहरूको समस्या आई लाग्छ नै र त्यसको समाधान पनि कतैन कतै पक्कै पनि निस्केको हुन्छ । त्यसैगरि गोर्खा जातिमा पनि पुर्खादेखि समस्याहरू आई लागेका हुन् र वर्तमान पनि समस्याहरूले गोर्खाहरुलाई पिरलि राखेकोनै छ । ढिलो होस् अथवा लामो समय होस् विस्तारै हल पनि हुँदैछन् । 

यस्तो समयमा मिडियाहरुले कस्तो खालको भूमिका लिई रहेका छ्न त ??

वास्तवमा भन्नु भनि वर्तमान समयमा असमेली गोर्खाहरुको कुनै पनि आफ्नो विद्युतिय माध्यम छैन । र अन्य भाषी मिडियाहरुले हाम्रो समाचारहरु होस अथवा अन्य केही होस् कम मात्रामा सम्प्रेषण गर्दछन । त्यो पनि उनीहरूको केही फायदा हुने छ भनि मात्रै सम्प्रेषण गर्ने गर्छन ।

अहिले असममा धेरै मात्रामा वेब पोर्टलहरु छन । हाम्रो नेपाली भाषी गोर्खा वेबहरू पनि हिजो आज धेरै नै देखिने गर्दछन । 

तर तिई पोर्टलहरुले कस्तो खालको भूमिकाहरु निभाउँदै छन् त ??

साँचो कुरा भन्ने हो भनि पोर्टलहरु त छन तर उनीहरूलाई कूनै सहयोग छैन तापनि आफ्नो तरिकाले केही गर्न खोज्दैछन् । हाम्रा मानिसहरूले पहिला त हाम्राे मिडियाहरुलाई प्राधान्य दिन जरुरी छ, चाहे पोर्टल होस् चाहे अन्य होस् । किनभने पहिला त हाम्रा जनमानसले अँगाल्नु पर्छ । भोगेको र जानेको कुरा के हो भनी हाम्रा जनमानसले विद्युतिय माध्यम विशेष गरी आसामिस मिडियाहरुलाई धेरै अँगालेको देखिन्छ । काहीं काहीं त फलानो आसामिस् मिडिया लेउनु पर्छ हाम्रोलाई लियाएर कसैले हेर्दैनन् भन्ने खालको पनि देखिन्छ ।

यसमा गल्ती कस्को हो?

एउटा विद्युतिय मिडिया खोल्न सक्ने क्षमता नभएका पनि होइनन् । तर कसले गर्ने सबै आफू आफू व्यस्त । 

जुन प्रकारले अहिले असममा वेब पोर्टेलहरू छ्न कति प्राय धेरै नै ख्यात भोइ सकेका छन् । उनीहरूलाई अलिकति गुरुत्व दिएर सबैले अँगाल्नु भनि निश्चय पनि एउटा नया मिडियाको रूप निभाउने छन । हाम्रा जतिपनि समस्याहरू गाभिएका छन् हाम्रो मान्छेको माझमा त पुग्ला अरे तर अन्य जातिहरूलाई हाम्रो भाषामा देखाउने हेर्न रुचि बनाउँनु पर्छ । यसमा हाम्रा मिडियाहरुको भूमिका सक्रिय रूपमा हुनु पर्दछ । एउटा विद्युतिय मिडियाको असमेलि गोर्खाहरूले खाँचो अनुभव गरी सकेका छन् ।

असमेली गोर्खाको परिप्रेक्ष्यमा त्यो समय आइसकेको छ जहाँ मानिसलाई भविष्यको भस्मासुर नबन्न दिनको लागि मिडियाले आफ्नो शक्तिको सदुपयोग जनहितमा गरेर समाजको पथप्रदर्शक बन्न सकोस् । यदि मिडियाले आफ्नो उत्तरदायित्व बुझेर कर्तव्य निर्वाह गर्छ भने व्यक्ति, समाज र जातिको लागि सबैभन्दा ठूलो सहयोग हुन्छ ।

 

Love
1
Commandité
Rechercher
Commandité
Catégories
Lire la suite
Politics
Gandhi and His Goats: The Cost of Simplicity
Gandhi and His Goats: The Cost of Simplicity Mr Gandhi's relationship with his goats and the...
Par Bharat Updates 2024-10-03 04:57:28 0 5KB
Literature & Culture
Harmonious Celebration Unveils Musical Brilliance in Rautahat: Achyutaram Bhandari Music Institute Presents Spectacular Melodies
*Kathmandu, Mangsir 24 -* In a dazzling celebration of musical artistry, the Achyutaram Bhandari...
Par Nepal Updates 2023-12-10 08:04:04 0 10KB
Politics
प्रतिनिधिसभा बैठक LIVE
Par Hamro Global 2023-06-07 08:24:34 0 10KB
News
म्यानमार र श्रीलङ्कामार्फत तनाव बढाउँदै चीन
काठमाडौं। चीन र अमेरिकाको आपसी द्वन्द्वमा हिन्द महासगरमा तनाव सृजना भएको छ । चीनले उक्त क्षेत्रमा...
Par Nepal Updates 2023-05-03 09:24:46 0 10KB
Education & Training
शारीरिक रुपमा अशक्त भातृद्वय तीर्थ पौडेल अनि नारायण पौडेलको सफलता
Par Bharat Updates 2023-06-06 11:18:42 0 8KB