अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा ओलीको जोड

0
12K

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन्।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरे । 

अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खाजेको भन्दै उनले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कार्य पनि भ्रष्टाचार नै भएको बताए । 

कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णय पनि भ्रष्टाचार भएको ओलीको भनाइ छ । उनका अनुसार सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका नेताहरुले माओवादी लडाकुलाई दिने भनेर निर्णय गर्ने र त्यो रकम आफैँ राख्ने कार्य यसअघि लडाकु शिविरमा भएको छ । 

लडाकु शिविरको नाममा नभएका नभएका व्यक्तिको नाममा अर्बौं पैसा घोटाला भएको अध्यक्ष ओलीको आरोप छ।

Like
1
Search
Categories
Read More
News
Shocking Revelation in Karnataka Budget Allocation!
 Are Hindu Offerings Diverted for Minority Development? Funds allocated for the development...
By BharatUpdates 2024-02-17 09:03:01 0 10K
Movies & Cinema
The Hidden Names of Bollywood Stardom
In the golden era of Bollywood, the glimmer of the silver screen concealed the real identities of...
By BharatUpdates 2024-08-03 07:26:57 0 7K
Motors & Vehicles
How to Protect Your Car from Keyless Car Theft
Keyless entry technology has become increasingly popular in new cars today, providing drivers...
By yubasedai 2023-05-05 12:02:01 0 12K
News
काठमाडौंमा प्रधानमन्त्री मोदीका भाइको चारदिने गोप्य मन्त्रणा
काठमाडौं । पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैं भयो विश्व हिन्दु महासंघ भारत च्याप्टरका...
By NepalUpdates 2023-05-16 16:08:49 0 12K
Politics
Proposed amendments to 'The Waqf (Amendment) Bill, 2024
To ensure that the Waqf Board reflects the secular fabric of society, it's important to address...
By dununu 2024-09-10 08:27:01 0 7K