Identical Twins - आइडेन्टिकल ट्विनस्

0
7KB
 
आइडेन्टिकल ट्विनस्

हो हामी एउटै गर्भका
सन्तति थियौं
अझ भनौ
आइडेन्टिकल ट्विनस्!
यो आमाको आशंका मात्र थिएन
डी. एन. ए. परीक्षणले
प्रमाणित गरिदिएको!
हाम्रो उत्पत्ति
एउटै कोषिकाको विभाजन बाटै भएछ।
तर आश्चर्य!
कति फरक भयौं
एक अर्काका पूरक हामी
म प्रकृति भएर हुर्किए
तिमी मानव !!
आमा बिछट्टै गौरवान्वित हुनुहुन्थो
ब्रह्माण्ड हाँक्ने हामी दुई
शक्तिशाली पुत्रको
जन्मदाता भएकोमा।
मात्र छोटो पलको फरकले
म दाई भए
तिमी भाई।
र म दाई हुनुको कर्तव्यपालनमा होम्मीए।
आमाको आज्ञाकारी छोरा भएर।
तिम्रो संरक्षण,
तिमीलाई दिनु र पुर्याउनुमैं
लागिरहे दत्तचित्त भएर
सर्वस्व गुमाएर
रित्तिरहदा पनि!
तिमी भने जन्मदेखि नै चतुर रे!
स्मार्ट! दूरदर्शी !!
बिलक्षण बुद्धिमान - प्रतिभा सम्पन्न!
अँ .... आमा सम्झनुहुन्छ
अति महत्वाकाङ्क्षी र आत्माकेन्द्रित थियौं रे!
सिर्जना र आविष्कारले
भुमण्डल नै चमत्कारिक बनाइदियौ।
आमा बिछट्टै खुशी हुनुहुन्थ्यो
तर त्रसित पनि उत्तिकै !!
पिरोलिनु हुन्थ्यो
किनकि, तिम्रो आविष्कार र चमत्कारमा
मलाई खुब उपयोग/दुरुपयोग गर्थ्यौँ ।
अतिनै दुःखायौ भाई!
टुक्रा टुक्रा पारेर...
अतिक्रमण र विनाश अचाक्ली गर्यौ।
आइडेन्टिकल ट्विनस्को त परवाह राखेनौ
अरु प्रजातिको के कुरा ?
यहाँ मात्रले पुगेको छैन तिमीलाई
अर्को ग्रह पनि ताक्दैछौ ।
कर्तव्यपरायण दाईको
दाइत्वले थिचिईरहदा,
दृष्टीबोध हुन्छ अनर्थको
र बहुलाउँछु
अनि विस्फोट हुन्छु!
कहिले बाढी, चुनामी, भूकम्प भएर।
सहनशीलताको पनि त हद हुन्छ नि भाई !!
कहिले आफैँमा भयानक ज्वालामुखी निम्त्याउँछु
नचाहँदा नचाहँदै
आफ्नै सहोधरीमा आक्रमण नै गर्छु
पश्चतापले रुन्छु अविरल वर्षा बनेर
तर तिमीलाई पटक्कै छुँदैन!!
मलाई लाग्छ मेरो आकाश
स्वछन्द चरा उड्नको लागि हो
नदी तिम्रै लागि जीवनजल
त्यहाँ पनि गिद्धे दृष्टि तिम्रो
धमिल्याएउ र प्रदूषित पारेऊ!
बौद्धिक चेतनाको उच्चाईमा पुगेर
संवेदनशीलता नै गुमायौकी क्या हो?
भाई तिमी कति नकचरो ?
अझ जिस्क्याउँछौ तिम्रै दाईलाई
मूर्ख पार्छौ, वातावरणविद भई
सभा, गोष्ठीमा मेरै संरक्षणका कुरा गरेर ।
आफै झुक्किएको छौं।
तिम्रो अन्वेषण र प्रबिधिले मात्र
न तिमीलाई बचाउँछ न मलाई ।
लाग्ला, तिम्रो बन्द कोठाको
ल्यापटपको नेटवर्क भित्र
ब्रम्हाण्ड नै कब्जा गरेर राखेको छौ
कति भ्रम पालेर बसेको छौं भाई!
श्वास फेर्न अलिकति स्पेस
नभेटेका तिम्रा औंलालाई
कम्प्युटर ले नचिन्लानी !
सुन भाई...
मलाई आफ्नै आकाशको
स्वाधीनतामा बाँच्न देऊ
मेरो आफ्नै नियम र दायरा छ
म उलङ्घन गर्दिन
स्वछन्द बाँचेर हेरत ?
आमा शिथिल हुनुहुन्छ।
धेरै व्यथित !!
दिव्यदृष्टिमा देख्नुभएछ
आइडेन्टिकल ट्विनस् जन्मँदा को पीडा भन्दा
भयानक पीडा,
आइडेन्टिकल ट्विनस्कै विनाश !!
भाई आऊ,अझै सिद्धिसकेको छैन,
आ आफ्नो परिधि भित्र रहेर
आमाको गर्भको सम्मान राखौँ!
आइडेन्टिकल ट्विनस् को
दाइत्व बहन गरौं।

Identical Twins

Happy World Environment Day,
A poem for this special day,
Identical twins we came to be,
Nature and Man, you and me.

From one cell we both did grow,
DNA test did clearly show.
Though from the same, we are apart,
Nature's love, Man's smart heart.

Mother Earth, proud of her kin,
Mighty twins born to win.
Elder brother, I took the lead,
Protecting you, in word and deed.

You, my brother, clever and bright,
Inventions, creations, reaching new heights.
Yet in your quests, you often forget,
The harm you cause, deep in regret.

I, the nature, suffer in silence,
Bearing your progress, bearing your violence.
Floods and quakes, my silent plea,
Limits reached, can't you see?

In your marvels, wisdom's lost,
Nature bears the heavy cost.
My skies are free for birds to soar,
Rivers pure for life’s restore.

Yet you taint, you take and mar,
Dreaming of conquest afar.
In meetings, you claim to care,
Yet actions show you're unaware.

Your gadgets won't save us both,
Mother Earth trembles, fearing the oath.
Listen brother, let me be,
To live in harmony, wild and free.

Respect our bond, our shared domain,
In our unity, we'll lessen the pain.
Mother sees with divine sight,
The twins' end, a painful plight.

But hope remains, it's not too late,
Respect the womb, honor our fate.
Together, let’s our duty uphold,
In our circle, strong and bold.

For Mother Earth, let’s strive to be,
United twins, in harmony.

Written by Prof Dr Bijaya Pant
Patrocinado
Pesquisar
Patrocinado
Categorias
Leia mais
Health & Fitness
Cloves: Not Just for Taste and Aroma but also Health
Cloves, known for enhancing the taste and aroma of food, are not just culinary delights but also...
Por Bharat Updates 2024-04-07 12:33:36 0 19KB
Education & Training
Replace Doom scrolling with Microlearning: A 14-Day Journey to Self-Improvement
Replace  Doomscrolling with Microlearning: A 14-Day Journey to Self-Improvement The modern...
Por dununu desk 2024-12-23 14:11:32 0 5KB
Education & Training
Did Acharya Kanada describe atomic theory 1000s of years before John Dalton?
Modern science credits the atomic theory to an English chemist and physicist named John...
Por Yubaraj Sedai 2022-07-17 20:10:43 0 14KB
Spirituality
Spiritual Talk by Prof. EV Gireesh on Tools for Self-Empowerment at Gyan Sarovar | 19 April at 11 am
Por Shiva Shakti 2024-04-19 08:12:13 1 7KB
Personal
हैम्बर्ग २०२४: सम्झनलायक पलहरू
२०२४ मा सुन्दरता, आतिथ्य र प्रिय क्षणहरू जर्मनीको उत्तरमा रहेको हैम्बर्ग शहर आफ्नो सुन्दर...
Por Yubaraj Sedai 2024-05-29 11:15:45 0 5KB