चिन्तन श्रृङ्खला By Mohan Sitoula

0
10K

चिन्तन श्रृङ्खला

आसुरी, तामसी भाव विश्व्यापी भए पछि
धर्मको नाममा सारा काटमार भए पछि
सृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछि
ज्ञान-विज्ञान आफैमा विपरित भए पछि
परास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !
ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ?
 
युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमा
कखरा युगका नव्य बर्णमाला नयाँनयाँ
देखाएर , चिनाएर सत्यधर्म सनातन
मान्छे आफैं अहं ब्रह्म शान्त, शालीन, उत्तम
करुणा, प्रेम, सद्भाव बहाउँछ जहाँतहाँ
मानवी ईशको तत्व भित्र हुन्छ जनार्दन ।
 
कल्पना स्वस्थ जप्दै र प्रतिभा तीब्र लाउँदै
समष्टि सृष्टिको भित्र व्यष्टिको तत्व पाउँदै
परमाणु छ चम्केको, ‘क्वान्टम’ भन्दछन् यिनी
 ॐम्कार बीज छुट्याई अथवा ऐक्य हेरूँ म   
नाद निनाद वा श्वास, प्रश्वास, दिल धड्कन
आलोकप्रतिको चेत, चेतनाको प्रकाशमा
 
कति गम्भीर नै छू म ? भित्र भित्रै उदाउन !
आँखा चिम्लिएको अन्ध—प्रकाश भित्र हेरूँ म
भौतिकी यन्त्र भित्रैमा देखी, छामी, विचारूँ म
अध्यात्म ज्योति बालेर सम्वेदनात्म बालूँ त्यो
मानवी दिव्यता भित्र झल्किने भाव ईश हो !

Mohan Sitoula

Search
Categories
Read More
Literature & Culture
Achyutaram Bhandari Music Foundation's Support for Classical Music in Kathmandu
Introduction: Achyutaram Bhandari Music Foundation recently facilitated a mesmerizing...
By NepalUpdates 2024-04-15 05:35:05 0 9K
Poetry
"अद्वितीय सौन्दर्य: अद्वितीयता रंगिएको मृदुल यो भर्जीनिया बागमा"
आएको मत धेरभो, मृदुल यो भर्जीनिया बागमा। मेरील्याण्ड पवित्र सुन्दर आहा! डिसी महा क्षेत्रमा।...
By yubasedai 2023-12-05 06:24:50 0 11K
Jokes & Humour
Jokes and Humour that makes you laugh!
1. The Forgetful Mechanic A man takes his car to the mechanic and asks, “How much will it...
By Jokes & Humour 2024-10-01 04:26:55 0 7K
Politics
मैले देखेको राजतन्त्र
म अझै पनि त्यो दिन सम्झिन्छु जब काठमाडौंका सडकहरू मानिसहरूले भरिएका थिए, सबै राजकीय जुलुसको एक...
By pokhrelking 2025-04-22 11:49:58 0 5K
Literature & Culture
**Celebrating Excellence: Dr. Basant Pant Receives Sahitya Sandhya Kriba Award**
In a momentous celebration of brilliance in both medicine and literature, the esteemed...
By NepalUpdates 2023-08-21 11:17:54 0 14K