निरन्तर तिखार विचार र व्यवहारका खिया निखार

0
10χλμ.

हतियारलाई साँध लगाएर धारिलो बनाए जस्तै राज्यका सबै अंगलाई साँध लगाएर खियारहित धारिलो र तिखो बनाउने कार्यलाई निरन्तरता दिइरहनु पर्ने निर्देशन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघि सारेका छन्।

यो पृथ्वीविचारको राज्यका सबै अंगलाई सधैं तिखार र विचार र व्यवहारका सबै खिया निखार भन्ने शक्तिशाली निर्देशन विचार हो। यो विश्वव्यापी सत्य अनिवार्य शर्त र आवश्यकता पनि हो। पृथ्वीनारायणको तिखार्ने र विचार र व्यवहारका खिया निखार्ने विचारलाई आज छलफलको प्रमुख विषय बनाएर अघि बढौं।

किनभने सबै क्षेत्रलाई सवल र सफल बनाउन विचार र व्यवहारका खिया निखार्ने कार्यलाई महत्वकोसाथ निरन्तरता र जोड दिनै पर्दछ।
“सिपाही भन्याको तिषारिरहनु.तिखारिराख्याका सिपाही कसैका मालाजामा पस्दैनन् र आफ्नु काज फत्य हुुन्छ ”।

यसको अर्थ हो-निरन्तर तालिम निरन्तर प्रशिक्षण। तालिम र प्रशिक्षणलाई सबै क्षेत्रमा नियमित र निरन्तरत चलाइरहनु भनेको राज्ययन्त्र र राज्यमन्त्रलाई सधैं चुस्त दुरुस्त बनाइरहनु हो। पृथ्वीविचारको तिखारिरहनुको अर्थ र आशय व्यापक छ। यो राज्यका सबै अंगमा चलाइरहने तालिम र प्रशिक्षणको प्याकेज कार्यक्रम हो।

अझ व्यापक अर्थमा नेता जनता र राज्यका सबै अंगहरुमा सबैमा सधैं तलिम र प्रशिक्षण दिइरहने अनिवार्य राष्ट्रिय महत्वको जिम्मेवारी हो। भनिन्छ नागरिक विना बर्दीका सिपाही हुन्। यो बर्दी लाउने नलाउने सबैलाई साँध लगाई रहने कार्यक्रम हो।

अर्थात् यो तिखारिरहनुलाई केवल सेना, पुलिस वा सुरक्षा अंग सम्बन्धीलाई मात्र बुझिनु हुँदैन। राज्य र समाजका हरेक अंगका, हरेक व्यवसाय पेशाका सबै व्याक्ति र शक्तिलाई बुझ्नु पर्दछ।

सबै किसिमको तालिम प्राप्त र प्रशिक्षित जनशक्ति र सुरक्षाशक्तिले मात्र राष्ट्र जोगाउन र जगाउन सक्छ भन्ने विश्लेषण निकालेर नै नियमित तिखारिरहने विचार अघि सारेका हुन् नेपालका राष्ट्रनिर्माताले। तालिम र प्रशिक्षण, विचारगोष्ठी सिकाई सम्बन्धीका हरेक कक्षाहरु सबै पृथ्वीविचारका तिखारिरहनेका आधुनिक परिमार्जित शब्दहरु मात्र हुन्।

सिंगो मुलुक पृथ्वीविचारको निरन्तर तिखारिरहने एउटा विशाल कक्षा कोठा हो। हो तिखारिरहने कक्षा कोठा निरन्तर चलिरहनु पर्दछ। विश्वभरका हरेक तालिम,प्रशिक्षण केन्द्र या सबै सिकाइका सबै कक्षा कोठाहरु सबै हाम्रा पृथ्वीविचारका तिखारिरहने विश्वविद्यालय र पाठशालाहरु हुन्।

देशवासीको तन मन मस्तिष्क याने विचारमा खिया लाग्यो भने सिंगो राष्ट्रमा खिया लाग्दछ। खिया लागेका जनता र राष्ट्रको आयु लामो हुँदैन। यो छिटै टुट्न सक्छ। जनता बुद्घु भए भने पनि राष्ट्र उठ्न सक्तैन।

विदेशी परचक्रीहरुले देशवासीको मन–मस्तिष्कमा ठाउँ जमाए भने वा जमाउन पाए भने मुलुकको भविश्य रहँदैन। राज्य सञ्चालनको जिम्मेवारी पाएकाहरु पतीत,भ्रष्ट,र अयोग्य भए भने पनि त्यो मुलुक उँभो लाग्दैन।

विश्वमा विकसित भइरहेका प्रविधि र परिवर्तनलाई बुझ्न र अपनाउन सकेन भने पनि मुलुकले विकास र अग्रगमनको गति पक्रन सक्तैन। विदेशीहरुको स्वार्थ, षड्यन्त्र घुसपैठले देशवासीको भावनात्मक एकता टुट्न गयो भने राष्ट्र नै छिन्नभिन्न हुनसक्छ।

धार्मिक साम्प्रदयिक डढेलो सल्कियो भने राष्ट्र नै खरानी हुन कति पनि समय लाग्दैन। अशिक्षित,रुढिवादी, अन्धविश्वासी र सबै किसिमले पछौटे अवैज्ञानिक समाज भइरह्यो भने राष्ट्रले कसरी गति लिन सक्छ? आदि इत्यादि नकारात्मक पाटाहरुलाई सकारात्मक पाटामा रुपान्तरण गर्नको लागि नै पृथ्वीविचारको तिखारिरहनु आकर्षित भइरहन्छ । यसैले हामी यसको अर्थ र महत्व बुझ्न सक्छौं।

राष्ट्रलाई ओइल्याउन नदिनको लागि र सबै किसिमले बलियो बनाउनका लागि नै पृथ्वीनारायणले तिखारिरहनुको विचार अघि सारेका हुन्। तिखारिहनुको तात्पर्य हो वैचारिक क्रान्तिको निरन्तरता र आधुनिक प्रविधि र वैज्ञानिक प्रणालीको व्यवहारिकता।अर्थात् विचार र व्यवहारमा प्रशिक्षणको निरन्तरता।

विचार र व्यवहारलाई परिमार्जन र परिष्कृत गरिरहनु निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहनको लागि तिनलाई तिखारिरहनु पर्दछ। विचारधारात्मक रुपमा राजनीति नेतृत्वले आफू र आफ्ना कार्यकर्तालाई तिखारिरहँदैन भने उसले आफ्नो लक्ष्य हासिल गर्न सक्दैन। उसले आफ्नो पथ विराउन सक्छ।

सेनालाई देशभक्त बनाउन सकिएन भने र बारम्बार तिखारेर उसलाई दक्ष नबनाएमा न उसले परेको बेला युद्ध नै जित्न सक्छ न देशको रक्षा नै गर्न सक्छ। त्यस्तै प्रहरीलाई पनि बारम्बार तिखारिएन भने न उ स्वच्छ हुनसक्छ न न अपराधीलाई नियन्त्रण गर्न सक्छ न आन्तरिक शान्ति सुरक्षा नै दिनसक्छ।

खेलाडी खेल जिताउन प्रशिक्षणको कति महत्व हुन्छ सबैले जानेकै विषय हो। यसैले तिखारिरहनुको अर्थ र क्षेत्र व्यापक छ। बिनाप्रशिक्षण राज्यका कर्मचारीहरु न दक्ष हुन सक्छन् न स्वच्छ भएर उच्च नैतिकता र मनोबलका साथ देश र जनताको सेवा दिने योग्य भएका हुन्छन्।

राम्रो उत्पादन बढाउन र आ आप्mनो पेशामा दक्ष बनाउन किसान मजदुरलाई पनि तिखारिरहनु पर्दछ। सबै यो क्षेत्रमा व्यवसायिक दक्षता हासिल गर्न गराउन पनि नियमित तिखार्ने कार्यक्रम संचालन गरिरहनु पर्दछ। असल परिणामका लागि शिक्षक विद्यार्थीलाई नियमित तिखार्ने कार्यक्रम झनै महत्वको छ।

राष्ट्रियताको संरक्षण,राष्ट्रिय एकता र राष्ट्रिय समृद्धिको लागि आम देशवासीलाई नियमित तिखारिरहनु झनै महत्वको विषय हो। देशवासीहरु विदेशी स्वार्थको पोल्टामा नपरुन् भनेर अथवा पर्लान् कि भन्ने चिन्ताले पनि पृथ्वीनारायण शाहले नियमित तिखार्ने विचारलाई जोड दिएका हुनुपर्छ।

यस हिसाबले हेर्दा यो तिखार्ने अभियान राष्ट्रिय सुरक्षाको लागिसमेत राष्ट्रिय महत्वको नगरी नहुने प्राथमिक कार्य हो। अर्कौ शब्दमा भन्दाखेरि तिखार्ने कार्य राष्ट्रिय प्रतिरक्षाको बलियो अश्त्र पनि हो।

सबै किसिमका सोधपत्र,अध्यायन र अनुसन्धान, छलफल र विचार गोष्ठीहरु अथवा तालिम, प्रशिक्षण या वौद्धिक वहसहरु तर्क वितर्कहरु सबै पृथ्वीविचारका तिखारिरहनेका पाटा र बाटाहरु हुन्।

ज्ञान विज्ञान वैज्ञानिक अनुसन्धान या नविन प्रविधिको प्रयोग होस् कि या पुरानो प्रविधिको परिमार्जन अथवा आधुनिककरण गरिएको होस् सबै पृथ्वीविचारका तिखार्ने विचारका पाटाहरु हुन्।

एकै शब्दमा भन्दा सिंगो मुलुक पृथ्वीविचारको निरन्तर तिखारिरहने एउटा विशाल कक्षा कोठा हो। हो तिखारिरहने कक्षा कोठा निरन्तर चलिरहनु पर्दछ। विश्वभरका हरेक तालिम,प्रशिक्षण केन्द्र या सबै सिकाइका सबै कक्षा कोठाहरु सबै हाम्रा पृथ्वीविचारका तिखारिरहने विश्वविद्यालय र पाठशालाहरु हुन्।

अहिले नेपालले राष्ट्रव्यापीरुपमा तिखार्ने अभियान खोजेको छ। देशभक्तिको प्रशिक्षण खोजेको छ। नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रशिक्षण खोजेको छ। जनअधिकार र जनकर्तव्यको प्रशिक्षण खोजेको छ। भ्रष्टाचार विरोधी सुशासनको प्रशिक्षण खोजेको छ। राजनीति संस्कार र सस्कृतिको प्रशिक्षण खोजेको छ।

अनुकरणीय जनमूखी स्वदेशमुखी पृथ्वीविचारले निर्देशित साझा फूलबारी प्रजातन्त्रको प्रशिक्षण खोजेको छ। साँचो अर्थमा समतामूलक समाज र समाजव्यवस्थाको लागि प्रशिक्षण खोजेको छ। विदेशी धर्म संस्कृतिले विकृत बनाउदै र कमजोर बनाउँदै लगेको स्वदेशी तथा रैथाने मौलिक धर्म संस्कृति जोगाउने उपायाको प्रशिक्षण खोजेको छ।

नेपालीपन र मनलाई संगठित बनाएर सवल समृद्ध नेपाल बनाउने उपायाको प्रशिक्षण खोजेको छ। सबै क्षेत्रका विकृति निखार्ने भनेको नै पृथ्वीविचारको तिखार्ने अभियान हो।

सबै क्षेत्रमा सवल नागरिक बनाएर सफल र उज्याले र शक्तिशाली नेपालको लागि लामवद्ध लगाउने भनेको नै पृथ्वीविचारले भनेजस्तो तिखारिएका र तिखरिएका मात्र नेपालीहरु सबैतिर सबैक्षेत्रमा छाइरहनु हो।

सबभन्दा पहिला त मुलुक सन्चालनको जिम्मा लिने राजनीति दलले नै आफूलाई तिखार्न थाल्नु पर्दछ र आफूमा खिया छ भने निखार्न लाग्नु पर्दछ। दल भनेको साइनबोर्ड कुर्सी र कार्यलय होइन।

नीति र नेतृत्व नै हो। नीति र नेतृत्व प्रति विश्वास बोकेका लाखौं कार्यकर्ता र तिनको विश्वास हो। बारम्बार तिखारिएको नीति र नेतृत्व भएमा मात्र उसले देश र जनतालाई सहि किसिमले अघि बढाउन सक्छ।

माथि सहि भए मात्र तल सम्म सहि भएर जान्छ। मूलबाटै धमिलो पानी निस्किएमा तल संलो पानी बग्दैन। पृथ्वीविचारको तिखारिरहनुको अर्थ र मर्म सबभन्दा पहिला दलहरुले बुझ्नु पर्दछ र पहिला आफैबाट तिखार्ने अभियान थाल्नु पर्दछ।

शिरदेखि तिरसम्म तिखार्ने अभियानलाई निरन्तरता दिनु पर्दछ। साँचै राजनीति तिखारिएर खियारहित भयो भने यसले सबै क्षेत्रलाई सकारात्मक प्रभाव दिन थाल्दछ।

तिखारिएको खियारहित राजनीति क्षेत्र प्रशासन क्षेत्र भएमा मात्र सबै क्षेत्रले चौतर्फी सफलता हासिल गर्दै त्यो मुलुक अगाडि बढ्न सक्छ भन्ने पृथ्वीविचारको सार र धार मुलुक हाँक्ने सबैले सँधै मनन गर्नु पर्दछ।

सबैलाई तिखार्ने र सबैका विकृति निखार्ने पृथ्वीविचारको सार र धार बुझेमा पृथ्वीविचार आफैमा तिखार्ने अभियानको प्याकेज सबैले फेला पारेको हुनेछ।

 

 

Προωθημένο
Αναζήτηση
Προωθημένο
Κατηγορίες
Διαβάζω περισσότερα
Politics
The US Debt Ceiling: Implications of Failing to Raise It
Looming Risk of Default and Global Financial Crisis The US debt ceiling is a critical component...
από Yubaraj Sedai 2023-05-19 06:08:58 0 10χλμ.
Food & Drinks
Get into eating more vegetables
India and Nepal are blessed with a diverse range of vegetables, owing to their varied climatic...
από Yubaraj Sedai 2023-03-13 08:18:40 0 12χλμ.
Politics
Banks in India: From Crisis to Recovery
The Indian banking sector has undergone a tumultuous period in recent years, with the sector...
από Yubaraj Sedai 2023-03-30 11:27:31 0 13χλμ.
Political Leaders
Lies of Arvind Kejriwal
Embedded YouTube Videos and Links 1. Kejriwal fixing interview with AAJ Tak journalist Punya...
από Bharat Updates 2024-05-22 09:14:09 0 8χλμ.
News
Top News Headlines - September 26, 2024
1. PM Modi Inaugurates Pune Underground Metro Prime Minister Narendra Modi inaugurated Pune's...
από Bharat Updates 2024-09-26 04:40:58 0 5χλμ.